नमस्कार! आजको राशिफल यस प्रकार रहेको छ:



**मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):**

इष्टमित्रहरूको सहयोगको अपेक्षा नगर्नुहोस्। सावधानीपूर्वक किनमेल गर्नुहोस्। धर्ममा आस्था बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग निलो र शुभ अंक २ रहेको छ। 


**वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):**

प्रतिस्पर्धामा विजयी भइनेछ। अरुको निजी मामलामा हस्तक्षेप नगर्नुहोस्। वित्तीय गतिविधी सावधानीपूर्वक गर्नुहोस्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग सेतो र शुभ अंक ४ रहेको छ। 


**मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा):**

आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। आँटेको कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो र शुभ अंक २ रहेको छ। 


**कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):**

कार्यक्षेत्रमा बिग्रिएको कार्यलाई दोहोराएर गर्नु पर्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायमा नमिठो बोलेर समस्यामा पर्न सक्नुहुन्छ, सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो र शुभ अंक ३ रहेको छ। 


**सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):**

व्यापार व्यवसायमा मनले खोजेजस्तो सफलताको लागि नयाँ अनुबन्धहरूमा ध्यान दिनुहोस्। कार्यक्षेत्रमा आफ्नो गल्तीलाई मानेर सुधार्ने प्रयास गर्नुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो र शुभ अंक ६ रहेको छ। 


**कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):**

पारिवारिक समस्याले खर्चमा वृद्धि हुनेछ। पशुधन वा कृषि क्षेत्रबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। सामाजिक दायित्वको निर्वहनमा समय व्यतीत हुनेछ। आजको शुभ रंग गुलाबी र शुभ अंक ७ रहेको छ। 


**तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):**

कार्यको सन्दर्भमा अधिकारीहरूबाट अनुकूल आश्वासन मिल्नेछ। भौतिक सुख सुविधामा धन खर्चका योग छन्। व्यापार व्यवसायमा लेनदेनको मामलाहरू सुल्झिनेछन्। आजको शुभ रंग बैजनी र शुभ अंक २ रहेको छ। 


**वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):**

सोचेभन्दा राम्रो सफलता हात लाग्नाले प्रोत्साहित हुनुहुनेछ। सुख सुविधामा धन खर्च हुनेछ। कारोबार विस्तारको लागि दीर्घकालीन योजना बन्नेछ। आजको शुभ रंग रातो र शुभ अंक १ रहेको छ। 


**धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):**

भाग्यको साथ मिल्नेछ। अध्यानमा सफलता लिई विदेशतिर जाने अवसर मिल्नेछ। भविष्यको लागि नयाँ कार्यको जग बसाउन सकिनेछ। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग हरियो र शुभ अंक ५ रहेको छ। 


**मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु):**

कार्यक्षेत्रमा दुविधामा परेर कुनै निर्णय नलिनुहोस्। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग पहेलो र शुभ अंक ४ रहेको छ। 


**कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):**

धर्मकर्ममा रुचि बढ्नेछ। सार्वजनिक जीवनमा लिएको जिम्मेवारी इमान्दारीले निभाउनुहोस्। कार्यक्षेत्रमा मित्रहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग निलो र शुभ अंक ९ रहेको छ। 


**मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):**

आर्थिक क्षेत्रमा वा कारोबारमा अनुभवी व्यक्तिको साथ मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। नोकरी वा पेशामा सहक